close

रक ब्यान्ड १९७४ एडीको फेसबुक पेज ह्याक, अकाउन्ट फिर्ता ल्याउन नेपाली ह्याकरलाई ‘च्यालेन्ज’

टेकपाना टेकपाना

फागुन ३०, २०८० १३:१४

रक ब्यान्ड १९७४ एडीको फेसबुक पेज ह्याक, अकाउन्ट फिर्ता ल्याउन नेपाली ह्याकरलाई ‘च्यालेन्ज’

काठमाडौं । चर्चित नेपाली साङ्गीतिक समूह (ब्यान्ड) १९७४ एडीको फेसबुक पेज ह्याक भएको छ । मङ्गलबार फेसबुक पेज ह्याक गरी ह्याकरले प्रोफाइल र कभर फाेटाे परिवर्तन गरेका छन् भने बायोमा ‘साइबर क्रिमिनल फोर्स’ले अकाउन्ट ह्याक गरेकाे लेखेका छन् । 

ह्याकरले पेजमा एक्सेस पाएपछि लाइभ गर्ने, बारम्बार प्रोफाइल/कभर फाेटाे परिवर्तन गर्ने तथा बङ्गाली र अङ्ग्रेजी भाषामा विभिन्न जथाभावी पोस्ट गरेका छन् ।​ त्यस्तै नेपाली ह्याकरलाई पेज रिकभर गर्न चुनौती समेत दिइएकाे छ, जुन पोस्ट अहिले डिलिट गरिएको छ । 

यता १९७४ एडीले भने पेज रिकभर गर्न प्रयास भइरहेको जनाएको छ । ब्यान्डका सदस्य मनोजकुमार केसीले यस घटनापछि फेसबुकमा रिपोर्ट गरेको तथा साइबर ब्युरोमा निवेदन दिएको बताए ।

“हिजो (मंगलवार) साँझतिर पेजबुक पेज ह्याक भएछ । रातको समय पनि पर्यो । अहिले फेसबुकमा रिपोर्ट गर्ने र साइबर ब्युरोमा जानकारी दिने काम भएको छ,” उनले भने । पेज फिर्ता ल्याउन साइबर सुरक्षा जानकारसँग पनि समन्वय भइरहेको उनले सुनाए ।

अपडेटः केही दिनको प्रयासपछि ह्याक भएको फेसबुक पेज आइतबार (४ चैत २०८०) मा फिर्ता भएको छ ।  

पछिल्लो अध्यावधिक: चैत ५, २०८० १०:३१