close

दुई महिनापछि पुनः सञ्चालनमा आयो नागरिक एपबाटै लोकसेवाको फाराम भर्न सकिने फिचर

टेकपाना टेकपाना

चैत १२, २०८० १६:२८

दुई महिनापछि पुनः सञ्चालनमा आयो नागरिक एपबाटै लोकसेवाको फाराम भर्न सकिने फिचर

काठमाडौं । करिब दुई महिना अघि राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) मा साइबर आक्रमण भएसँगै स्थगित भएको लोकसेवाको फाराम भर्ने सुविधा नागरिक एपले पुनः सुरु गरेको छ । एक सूचना जारी गर्दै एपले सोमबारदेखि उक्त सेवा पुनः सुरु गरेको हो ।

गत १४ माघमा डिडस आक्रमण भएपछि दिनभर जसो डेटा सेन्टर र त्यसमा आधारित कयौं सरकारी सेवा अवरुद्ध भएका थिए । तर नागरिक एपमा रहेको लोक सेवा आयोगको फाराम भर्न सकिने सुविधा भने त्यस यता बन्द रहेको थियो ।

देखिका समस्या समाधान गरी सोमबारदेखि लोक सेवाको फाराम भर्ने सुविधा पुनः सञ्चालनमा ल्याइएको नागरिक एपले जनाएको छ । सङ्घीय लोक सेवाको फाराम नागरिक एपबाट भर्न मिल्ने भए पनि प्रदेश लोक सेवा भने अझै त्यसमा समेटिन सकेको छैन ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८० १९:२४