close

अब तपाईँको ईमेल जेमिनाईले सारांश गरिदिने

टेकपाना टेकपाना

चैत २५, २०८० १६:४२

अब तपाईँको ईमेल जेमिनाईले सारांश गरिदिने

काठमाडौं । जिमेलमा आउने मेलहरूको समराइज (सारसंक्षेप) गर्न गुगलले आफ्नो एआई टुल जेमिनाई प्रयोग गर्ने भएको छ । जिमेलमा जेमिनाई एकीकृत गर्दै गुगलले मेलहरूको सारांश गर्न सजिलो बनाउने भएको हो । 

अब जिमेलले जेमिनाईको सहयोगमा कुनै पनि मेलको जवाफ दिन सुझाव दिनेछ । हाल यो फिचर एन्ड्रोइडको जिमेलको पछिल्लो बेटा भर्सनमा देखा परेको छ । यसको अर्थ यो फिचर सुरुमा एन्ड्रोइडमा उपलब्ध हुनेछ ।

यसका लागि ईमेलमा 'समराइज दिस् ईमेल' बटन देखिने छ । त्यहाँ क्लिक गरेर जेमिनाईले उक्त मेलको ब्यहोरा मिल्ने गरी सारांश गरिदिनेछ ।

हुन त जिमेलको वेब भर्सनमा सारांश गर्ने यस फिचर पहिल्यैदेखि उपलब्ध छ । गुगल वर्कस्पेस प्रयोगकर्ताले ल्याब सेक्सनमा गएर यो फिचर चलाउन सक्छन् । तर यसमा सीमितता भने छन् । सोहीकारण मोबाइल डिभाइसमा गुगलले यो फिचर तुरुन्तै ल्याउन हिच्किचाइरहेको हो । 

त्यस्तै यो फिचर एन्ड्रोइड १४ सपोर्ट गर्ने स्मार्टफोन र ट्याब्लेटमा मात्र उपलब्ध हुन सक्छ । तर गुगलले यसबारे निश्चित गरिसकेको छैन । सामसङले आफ्ना हाईइन्ड स्मार्टफोन र ट्याब्लेटमा वन यूआई ६.१ अपडेट गरेसँगै एआई सम्बन्धी विभिन्न फिचर उपलब्ध भइसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८० १६:४२