काठमाडौं । यात्रुलाई कुटपिट गरेको आरोपमा राइड शेयरिङ कम्पनी इनड्राइभ चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काठमाडौं टोखा बस्दै आएका २६ वर्षीय जोन तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले लामालाई बुधबार बानियाँटारबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार यो घटना १२ चैतको हो ।
त्यस दिन थापाथली क्याम्पस अगाडिबाट इनड्राइभ गरी नर्भिक अस्पताल छेउमा पुगेपछि इनड्राइभ चालकले अर्को बाटो लान खोजे । सोही विषयमा यात्रु र चालकबिच विवाद भएको थियो ।
विवादका क्रममा ती यात्रुले प्रहरीलाई खबर गर्छु भन्दै बाइकबाट चाबी निकाले । त्यसै क्रममा चाबी खोसाखोस हुँदा यात्रुको दाहिने हातका तीन ओटा औंला भाँचिएका थिए ।
त्यसपछि आरोपित इनड्राइभ चालक तामाङ फरार भए ।
उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत सिंहदरबार पठाइएको छ ।