close

आज ईडीभी रिजल्ट आउँदै, यस्तो छ हेर्ने तरिका

टेकपाना टेकपाना

बैशाख २२, २०८१ १४:३१

आज ईडीभी रिजल्ट आउँदै, यस्तो छ हेर्ने तरिका

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२५ का लागि खुलाएको ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्रीको नतिजा आज सार्वजनिक हुँदै छ । नेपाली समय अनुसार राति ९:४५ बजेदेखि नतिजा हेर्न सकिन्छ । यसका लागि आवश्यक पर्ने भनेको फाराम भर्दा तपाईंले पाएको कन्फर्मेसन नम्बर  (confirmation number) हो । 

आफ्नो कन्फर्मेसन नम्बर भुल्नु भएको छ भने यहाँ क्लिक गरेर पुन: थाहा पाउन सक्नुहुन्छ । पुन: कन्फर्मेसन नम्बर पाउन उक्त पेजमा आवश्यक विवरण भर्नुपर्ने हुन्छ । 

ईडीभीको नतिजा हेर्न कन्फर्मेसन नम्बरसँगै थर, जन्म वर्ष आवश्यक पर्छ । अब नतिजा हेर्न आवश्यक पर्ने सबै निश्चित भएपछि यहाँ क्लिक गर्नुहाेस् ।

आज ईडीभीको रिजल्ट हेर्न खोज्नेको संख्या लाखौं हुने भएकाले वेबसाइट डाउन हुन सक्छ । साइट रिकभर भएपछि तपाईंले पुन: त्यही साइटमा आफ्नो कन्फर्मेसन नम्बर राखेर ईडीभी लट्रीको नतिजा हेर्न सक्नुहुन्छ । 

सम्झनु पर्ने कुरा ईडीभीको नतिजा हेर्ने यो मात्र एउटा तरिका हो ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८१ २१:४९