काठमाडौं । एमजी फोर ईभीले २०२४ को उत्कृष्ट कारको उपाधि पाउन सफल भएको छ । न्युजिल्याण्डको सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक पुरस्कार वितरण समारोहमा निर्णायक मण्डलले एमजी फोर ईभीलाई उत्कृष्ट कारको सम्मान दिएको हो ।
“एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं,”अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, “एमजी फोरले न्युजिल्याण्डमा मात्रै पाप्त गरेको यो नवौं पुरस्कार हो ।”
गत वर्ष नेपाली बजारमा प्रवेश गरेको पूर्ण विद्युतीय प्लेटफर्ममा निर्मित कार एमजी फोर ईभी सहज यात्रा तथा किफायती मूल्यको लागि चिनिएको छ । सन् २०२२ मा बजारमा आएको एमजी फोर ईभीले ‘बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द इअर २०२३’, ‘ बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द इयर’ जस्ता विभिन्न उपाधि हासिल गरेको छ ।
सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रूपमा चर्चा कमाउन सफल बेलायती ब्रान्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताका कारण चर्चा पाउँदै आएको छ । ३०० भन्दा धेरै दक्ष इन्जिनियरहरूले युरोपेली इन्जिनियरिङ प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरू युरोपेली कानून र ग्राहकको मागलाई उचित रूपमा सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइन बेलायतका डिजाइनर तथा इन्जिनियरले गर्छन् ।
नेपालको लागि एमजीको आधिकारिक वितरक एवम् आयातकर्ताको रूपमा पारामाउन्ट मोटर्स रहेको छ । जसले हाल नेपालमा एमजी फोर ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईभी गरी तीन ओटा मोडेलका विद्युतीय गाडी बिक्री तथा वितरण गर्दै आएको छ ।