close

अब एन्ड्रोइड फोन आफैंले स्पाम कल पहिचान गर्ने

टेकपाना टेकपाना

जेठ २, २०८१ १४:३२

अब एन्ड्रोइड फोन आफैंले स्पाम कल पहिचान गर्ने

 

काठमाडौं । अब एन्ड्रोइड फोनमा स्वत: स्पाम कल थाहा हुने फिचर आउने भएको छ । मङ्गलबार सम्पन्न गुगलको वार्षिक डेभलपर कार्यक्रम गुगल आई/ओ २०२४ मा स्वतः स्पाम कल थाहा पाउने फिचर घोषणा गरिएको हो ।

यसका लागि गुगलले जेमिनाई नानो एआई मोडेल प्रयोग गर्नेछ । यस मोडेलले प्रयोगकर्ताको कुराकानीका आधारमा कुनै पनि कल स्पाम हो वा होइन भनेर पहिचान गर्ने बताइएको छ । 

जस्तै; बैंक प्रतिनिधि भनेर आएको कलमा यदि उक्त व्यक्तिले पिन वा पासवर्ड माग्ने कुराकानी गर्‍यो भने यस प्रणालीले स्वतः स्पाम कल हो भनेर सूचना पठाउने छ । यसरी काम गर्दा जेमिनाई एआईले प्रयोगर्कताको सबै कुराकानी सुन्ने गर्छ । 

यद्यपि गुगलले डिभाइस र गोपनीयतालाई सुरक्षित राख्ने बताएको छ । त्यस्तै यो फिचर डिफल्ट नभएर वैकल्पिक हुनेछ । प्रयोगकर्ताले चाहेको खण्डमा म्यानुअल्ली यो फिचर अन गर्नु पर्नेछ । 

अहिले धेरैजसो बजेट तथा मिडरेन्ज फोनले जेमिनाई सपोर्ट गर्दैनन् । यसकारण यो फिचर हाई इन्ड तथा फ्ल्यागशिप फोनमा मात्र आउने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८१ १४:३२