close

विकल पौडेल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर, एक वर्ष जेल सजाय

टेकपाना टेकपाना

जेठ १५, २०८१ १३:२५

विकल पौडेल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर, एक वर्ष जेल सजाय

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल थप अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी लाभ लिएको अभियोगमा पौडेललाई दोषी ठहर गरेको हो । 

उक्त इजलासले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दै पौडेललाई एक वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।

विदेशी आवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था विपरीत झुट्टा विवरण पेश गरी पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेको अदालतले ठहर गरेकाे छ । 

अमेरिकाको स्थायी आवासीय (पीआर) अनुमतिपत्र रहेको कुरा ढाँटेर नेपालमा सरकारी पद लिएको भन्दै अख्तियार अनुसन्धान दुरुपयोग आयोगले उनी विरुद्ध गत वैशाख ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

यससँगै पौडेल प्रतिवादी रहेका चारमध्ये दुई ओटामा दोषी ठहर भएका छन् भने दुई मुद्दा विचाराधीन छन् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १३:३९