close

आईटी पढेका विद्यार्थीलाई कम्पनीमा इन्टर्नशिप गराउन सरकारले सहयोग गर्ने

टेकपाना टेकपाना

जेठ १५, २०८१ १५:४७

आईटी पढेका विद्यार्थीलाई कम्पनीमा इन्टर्नशिप गराउन सरकारले सहयोग गर्ने

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) पढेका विद्यार्थीलाई कम्पनीमा इन्टर्नशिप गराउन सहयोग गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमार्फत सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

''सूचना प्रविधि विषयमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्नशिप गर्ने व्यवस्था मिलाइनेछ,'' संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १५:४७