close

आईटी तथा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई शैक्षिक कर्जा दिने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०८१ १६:१९

आईटी तथा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई शैक्षिक कर्जा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले इन्जिनियरिङ र सूचना प्रविधि विषय पढ्न सरकारले शैक्षिक कर्जा दिने घोषणा गरेको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले इन्जिनियरिङ, सूचना प्रविधि लगायत उच्च शिक्षा अध्ययनका लागि सहुलियत रूपमा कर्जा प्रदान गरिने बताएका हुन् ।

''चिकित्सा शास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका उच्च शिक्षा अध्ययनका लागि सक्रिय कोषमार्फत विद्यार्थीहरूलाई सहुलियत रूपमा शैक्षिक कर्जा मिलाइने व्यवस्था मिलाइनेछ,'' उनले भने । 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १६:२२