close

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

टेकपाना टेकपाना

जेठ १८, २०८१ १९:२१

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं । सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक तर्जुमा गर्न स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

प्रस्तावित विधेयकमा सूचना प्रविधि तथा साइबर सुरक्षा संरचना सम्बन्धी व्यवस्था, विद्युतीय अभिलेख सम्बन्धी व्यवस्था, विद्युतीय माध्यमबाट सेवा प्रवाह सम्बन्धी व्यवस्था, डोमेन नेम दर्ता तथा व्यवस्थापन, सूचना प्रविधि सम्बन्धी उद्योग र व्यवसाय सम्बन्धी व्यवस्था, सूचना सुरक्षा तथा गोपनीयता सम्बन्धी व्यवस्था, साइबर सुरक्षा क्षेत्र सम्बन्धी व्यवस्था लगायत समावेश छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८१ १९:२९