close

शैक्षिक क्षेत्रका लागि च्याटजीपीटी एडु ल्याउँदै ओपनएआई

टेकपाना टेकपाना

जेठ १९, २०८१ १४:५१

शैक्षिक क्षेत्रका लागि च्याटजीपीटी एडु ल्याउँदै ओपनएआई

काठमाडौं । शैक्षिक क्षेत्रलाई लक्षित गर्दै ओपनएआईले जीपीटी फोरओबाट सञ्चालित नयाँ एआई मोडेल ल्याउने भएको छ । शैक्षिक तथा विश्वविद्यालयका गतिविधिमा सहयोग पुर्‍याउन ओपनएआईले हालै च्याटजीपीटी एडु नामक नयाँ मोडल उपलब्ध गराउन लागेको हो ।

“विद्यार्थी, अनुसन्धानकर्ता र क्याम्पस सञ्चालकहरूलाई जिम्मेवारीपूर्वक एआई प्रयोग गर्न च्याटजीपीटी एडु सार्वजनिक गर्दै छौं,” च्याटजीपीटीले ब्लगमा लेखेको छ ।

यसका साथै अक्सफोर्ड युनिभर्सिटी, पेन्सिलभेनिया युनिभर्सिटी, टेक्सास युनिभर्सिटी, एरिजोना स्टेट युनिभर्सिटी, कोलम्बिया युनिभर्सिटीमा च्याटजीपीटी इन्टरप्राइजको प्रयोगपछि अध्ययन अनुसन्धानमा धेरै सफलता मिलेकाले यो टुल विकास गरेको ओपनएआईले जनाएको छ ।

ओपनएआईका अनुसार यस भर्सनमा टुलको तार्किक क्षमता निकै सुधार भएकाले डेटा विश्लेषण, वेब ब्राउजिङ, सारांश जस्ता टुल पनि राम्रो हुने छ । नि:शुल्क मोडलभन्दा यसमा मेसेज लिमिट पनि बढी हुने तथा यसले ५० भन्दा बढी भाषा सपोर्ट गर्ने छ ।

त्यस्तै सुरक्षा तथा गोपनियताको हिसाबबाट पनि टुल अब्बल हुने जनाइएको छ । यसका साथै यसमा गरिने कुराकानीलाई मोडलको तालिमका लागि प्रयोग नगर्ने पनि ओपनएआईले जनाएको छ ।

ओपनएआई यो टुलबारे थप जान्न आफ्नो सेल्स टिमलाई सम्पर्क गर्न भनेको छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८१ १५:१८