close

टेलिग्राममा पनि आयो कोपाइलट, केके गर्छ काम ?

टेकपाना टेकपाना

जेठ २१, २०८१ १३:२८

टेलिग्राममा पनि आयो कोपाइलट, केके गर्छ काम ?

काठमाडौं । माइक्रोसफ्टको एआई च्याटबट कोपाइलट औपचारिक रूपमा सामाजिक सञ्जाल टेलिग्राममा उपलब्ध भएको छ । माइक्रोसफ्टको आफ्नै प्लेटफर्ममा बाहेक थर्ड पार्टी एपमा पहिलो पटक कोपाइलट उपलब्ध भएको हो ।

टेलिग्राममा कोपाइलटको पहुँच पाउन सर्च बक्समा गएर CopilotOfficialBot अथवा Microsoft Copilot भनेर सर्च गर्नुपर्छ । त्यसपछि त्यहाँ एउटा भेरिफाइड च्याटबट देखिन्छ । अथवा तपाईंले माइक्रोसफ्टको 'कोपालइट फर टेलिग्राम' बाट पनि पहुँच पाउन सक्नुहुन्छ ।

अहिले यो फिचर बेटा भर्सनमा सीमित छ । यसले अनुवाद गर्ने, प्रश्नको जवाफ दिने, सल्लाह सुझाव दिने, कन्टेन्ट सारांश गर्ने जस्ता सामान्य रूपमा कोपाइलटले गर्ने कामहरू नै गर्छ । तर यसले अहिले कोपाइलट जसरी तस्वीरहरू भने तयार पार्न सक्दैन ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ १३:२८