close

फेसबुकमा बालेनले पाए २० लाख फलोअर

टेकपाना टेकपाना

जेठ २२, २०८१ १२:३४

फेसबुकमा बालेनले पाए २० लाख फलोअर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक पेजमा २० लाख फलोअर पाएका छन् । '@balenOfficial'​ युजरनेम र 'बालेन' नामको उनको फेसबुक पेजमा हालै फलोअर संख्याले नयाँ आँकडा पार गरेको हो ।

योसँगै कार्यकारी भूमिकामा रहेका कुनै पनि नेपाली राजनीतिज्ञको फेसबुक पेजमध्ये २० लाख फलोअर पाउनेमा बालेन पहिलो भएका छन् । हाल सक्रिय राजनीतिमा नदेखिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी संलग्न अभिनेत्री रेखा थापाको फेसबुक पेजमा ३३ लाख फलोअर रहेका छन् ।

सोसल ब्लेडका अनुसार सोमबारमात्रै उनको फेसबुकमा लाइक गर्ने साढे १८ हजार बढीले थपिएका छन् । त्यस्तै औसतमा दैनिक तीन हजारले उनको पेजमा नयाँ लाइक थपिइरहेको छ ।

यसका साथै अहिले विश्वभर लाइकको र्‍याङ्क अनुसार बालेनको फेसबुक पेज १७ हजार ७८० औं स्थानमा छ ।

८ नोभेम्बर २०१२ मा खोलिएको यो पेजमा मेयरमा निर्वाचित हुनुअघि बालेनले आफ्नो व्यक्तिगत तथा साङ्गीतिक जीवनबारे पोस्ट गर्दै आएका थिए । आजभोलि भने उनले राजनीतिक पोस्ट बढी गर्न थालेका छन्, जसबाट फलोअर सङ्ख्या अझ बढेको छ ।

यसका साथै अहिले बालेनको पेजमा रेटिङ गर्नेको संख्या पनि बढ्दो छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १३:०