काठमाडौं । गुगलले आईओएस प्रयोगकर्ताका लागि अटो डार्क मोड फिचर ल्याएको छ । गुगल सर्च ल्याब एक्सपेरिमेन्ट अन्तर्गत यो फिचर आईओएसमा उपलब्ध हुन थालेको हो ।
यससँगै गुगलको सर्च इन्जिनमार्फत खोलिएका कुनै पनि वेबसाइट स्वतः डार्क मोडमा जानेछन् । गुगलले यो फिचरलाई अहिलेका लागि आईओएसमा मात्र सीमित गरेको छ । यसको अर्थ एन्ड्रोइड प्रयोगकर्ताले केही समयका लागि अझै यो फिचर प्रयोग गर्न पाउने छैनन् ।
यद्यपि यो फिचर वैकल्पिक रहेको छ । यसका लागि ब्राउजरको एड्रेस बारमा सूर्यको चिन्ह दिइएको छ । त्यसैमा ट्याप गरेर आईफोन प्रयोगकर्ताले गुगलको यस फिचर अन गर्न सक्नेछन् ।
नाइट टु फाइभ गुगलका अनुसार यो फिचर अन गर्दा स्क्रिन पुरै अँध्यारो (डार्क) हुनेभन्दा पनि खैरो देखिने छ ।
त्यस्तै गुगलको यस एक्सपेरिमेन्टमा टक टु अ लाइभ रिप्रेजेन्टिभ, नोट्स अन सर्च एन्ड एआई टुल्स फर ब्राउजिङ लगायतका अन्य फिचर पनि रहेका छन् ।