close

१८ हजार मूल्यका साथ नयाँ फोन भिभो वाई १८ नेपाली बजारमा, केके छन् फिचर ?

टेकपाना टेकपाना

जेठ २७, २०८१ १९:१७

१८ हजार मूल्यका साथ नयाँ फोन भिभो वाई १८ नेपाली बजारमा, केके छन् फिचर ?

काठमाडौं । चिनियाँ मोबाइल निर्माता भिभोले आफ्नो नयाँ स्मार्टफोन 'भिभो वाई १८' सार्वजनिक गरेको छ । कम्पनीले डिजाइन, पर्फर्मेन्स र क्यामेरामा केन्द्रित बजेट फोनको रूपमा यो मोबाइल नेपाली बजारमा भित्र्याएको हो ।

मोका ब्राउन र वेभ एक्वा गरी दुई रङ्गमा उपलब्ध यो फोन २.५ डी कर्भ्ड डिजाइनमा बनेको छ । यसमा ६+६ जीबी एक्सटेन्डेड र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको छ । जसले मल्टी टास्किङलाई सजिलो बनाउनुका साथै एप, फाइल, र मल्टिमिडियाका लागि पुग्दो स्टोरेज उपलब्ध गराउँछ ।

मिडियाटेक हेलियाे जी ८५ प्रोसेसर राखिएको यो फोन प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा ल्याग–रहित अनुभव प्रदान गर्ने कम्पनीकाे दाबी छ । ​वाई १८ मा लामो समय टिक्ने ५,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जुन काम, कन्टेन्ट स्ट्रिमिङ वा गेमिङका लागि पर्याप्त छ ।

आईपी ५४ रेटिङ प्राप्त भिभो वाई १८ ले हल्का धूलो र पानीका छिटाहरू सजिलै सामना गर्न सक्ने बताइएको छ । ९० हर्जको हाई–ब्राइटनेस आई प्रोटेक्सन स्क्रिनले तेजिलो घाममा पनि देख्न सकिने कुरा सुनिश्चित गर्छ ।

त्यस्तै लो ब्लु लाइट सर्टिफिकेसनको आधारमा यसले आँखा थाक्न नदिई लामो समयसम्म हेर्न आरामदायी बनाउने विश्वास गर्न सकिन्छ । क्यामेराको कुरा गर्नु पर्दा यो फोनमा ५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा दिइएको छ । यसबाट पोट्रेट मोड प्रयोग गरिरहेका वा सुपर नाइट सिन तथा मल्टि–स्टाइल फिल्टर रुचाउने प्रयोगकर्तालाई निराश नपार्ने कम्पनीले बताएको छ ।

१७ हजार ९९९ रुपैयाँ मूल्यमा नेपाली बजारमा उपलब्ध भएको भिभो वाई १८ भोलि अर्थात् २८ जेठ २०८१ देखि नेपालभरका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमार्फत खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८१ २०:४६