close

अब युट्युबमा एकभन्दा बढी थम्ब्नेल राख्न सकिने

टेकपाना टेकपाना

जेठ ३०, २०८१ १८:२७

अब युट्युबमा एकभन्दा बढी थम्ब्नेल राख्न सकिने

काठमाडौं । अब युट्युबमा एकभन्दा बढी थम्ब्नेल राख्न सकिने भएको छ । कम्पनीले युट्यब क्रियटरहरूका लागि ​'थम्ब्नेल टेस्ट एन्ड कम्पेयर' टुल ल्याएको हो ।

क्रियटरले यस टुल प्रयोग गरेर आफ्नो भिडिओमा तीन ओटासम्म थम्ब्नेल राख्न सक्नेछन् । युट्युबका अनुसार प्रत्येक थम्ब्नेलले बटुलेको भ्युज क्रियटरले हेर्न सक्छन् । 

गत जुन महिनामा नै घोषणा गरिएको यो फिचर अहिले केही क्रियटरमा सीमित गरिएको छ । यस फिचरलाई ए/बी टेस्टिङका नामले समेत चिन्ने गरिएको छ । यस टुलले राम्रो थम्ब्नेल सुझाव दिने भए पनि आफैं राख्ने भने गर्दैन । ती तीन थम्ब्नेलमध्ये भिडिओमा कुन राख्ने भनेर प्रयोगकर्ता आफैंले छान्नुपर्ने छ ।

युट्युबका अनुसार यो टुल कम्प्युटरमार्फत मात्र चलाउन सकिने छ । यसका साथै आगामी दिनमा अन्य क्रियटरहरूले पनि पहुँच पाउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८१ ९:१९