close

फोटोमा आएको अनावश्यक भाग हटाउने गुगलको फिचर सामसङ फोनमा

टेकपाना टेकपाना

असार ३, २०८१ ११:५९

फोटोमा आएको अनावश्यक भाग हटाउने गुगलको फिचर सामसङ फोनमा

काठमाडौं । एआईमा आधारित गुगलको म्याजिक एडिटर फिचर सामसङका फोनमा पनि आउने भएको छ । पिक्सेल ८ सार्वजनिक हुने क्रममा घोषणा गरिएको यो फिचर छिट्टै सामसङ स्मार्टफोन र पुराना पिक्सेल फोनमा उपलब्ध हुने भएको हो ।

अहिले यो फिचर पिक्सेल ८ लाइनअपमा मात्र उपलब्ध छ । गत अप्रिलमा गुगलले यो म्याजिक एडिटर फिचर अन्य एन्ड्रोइड फोनमा उपलब्ध गराउने घोषणा गरेको थियो । अब भने कम्पनीले अन्य एन्ड्रोइड फोनमा समेत उपलब्ध गराउन लागिएको बताएको छ । 

त्यस बाहेक यो फिचर गुगल फोटोज एपमा समेत उपलब्ध हुनेछ । त्यसो त १५ मेसम्म यो फिचर अन्य एन्ड्रोइड फोनमा उपलब्ध गराउने घोषणा गुगलले गरेको थियो । 

नाइन टु फाइभ गुगलका अनुसार गुगल फोटोजको भर्सन ९.८५ मा यो फिचर उपलब्ध हुनेछ । यस फिचरको सहायताले फोटोमा भएको कुनै पनि वस्तु वा भाग सजिलै हटाउन सकिन्छ । 

त्यस्तै ब्लर हटाउन, पोट्रेट ब्लर गर्न, सिनेम्याटिक फोटो बनाउन, पोट्रेट लाइट थप गर्न र आकाशको स्वरूप परिवर्तन गर्न पनि यो फिचर प्रयोगमा आउनेछ । विभिन्न सञ्चार माध्यमले उल्लेख गरे अनुसार यो फिचर एन्ड्रोइड फोनमा निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: असार ३, २०८१ ११:५९