close

अब मोबाइल नेटवर्क नहुँदा समेत आईफोनमा आपत्कालीन लाइभ भिडिओ पठाउन सकिने

टेकपाना टेकपाना

असार ३, २०८१ १९:३३

अब मोबाइल नेटवर्क नहुँदा समेत आईफोनमा आपत्कालीन लाइभ भिडिओ पठाउन सकिने

काठमाडौं । हालै सम्पन्न डब्लूडब्लूडीसी कार्यक्रममा एप्पलले आईओएस १८ का लागि विभिन्न फिचर घोषणा गरेको थियो । त्यहाँ घोषणा नगरिएको एउटा फिचर हो, इमर्जेन्सी एसओएसमा लाइभ भिडिओ सपोर्ट फिचर । 

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा लाइभ भिडिओ सपोर्टको फिचर उल्लेख गरिएको छ । अर्थात् अहिले स्याटलाइट इमर्जेन्सी एसओएस फिचरमा एसएमएस पठाउन र कल गर्न सकिन्छ । लाइभ भिडिओ सपोर्ट फिचर आएपछि भने यो फिचर उपलब्ध हुने आईफोन प्रयोगकर्ताले लाइभ भिडिओ वा रेकर्ड गरेको भिडिओ समेत पठाउन सक्नेछन् । 

यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले आईफोनको पावर बटन र भोलुम डाउन बटन लामो समयसम्म दबाउनु पर्ने हुन्छ । त्यसपछि देखिने इमर्जेन्सीको अप्सनमा ट्याप गर्नुपर्ने हुन्छ । यति गरेपछि त्यहाँ टेक्स्ट, कल गर्ने वा भिडिओ पठाउने विकल्प देखिन्छन् । 

अहिले यो फिचर आईओएस १८ को डेभलपर बेटा भर्सनमा मात्र उपलब्ध छ । इमर्जेन्सी एसओएस मार्फत भिडिओ रेकर्ड गर्ने वा लाइभ भिडिओ पठाउन सकिने अप्सन आईओएस १८ सार्वजनिक भइसकेपछि मात्र उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १९:३४