काठमाडौं । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले सीमित साथीहरूसामु लाइभ स्ट्रिमिङ गर्न सकिने फिचर ल्याएको छ । सानो समूहमा लाइभ स्ट्रिमिङ गर्नेगरी मेटाले 'क्लोज फ्रेन्ड्स अन लाइभ' नामक फिचर ल्याएको हो ।
इन्स्टाग्रामका अनुसार मिल्ने साथीहरूसँग आफ्नो गतिविधि शेयर गर्न, मिम शेयर गर्न, कुनै योजनाको कुराकानी शेयर गर्न यो फिचर निकै उपयोगी हुनेछ ।
यसअघि सन् २०१६ मा इन्स्टाग्रामले 'लाइभ ब्रोडकास्ट' नामक फिचर ल्याएको थियो । सो फिचरबाट लाइभ स्ट्रिमिङ गर्न सकिने भएपनि त्यो लाइभ भिडिओ सबैका लागि सार्वजनिक हुन्छ । अर्थात् ज-जसले फलो गरेका छन्, उनीहरू सबैले हेर्न सक्थे । अब यस फिचरबाट भने अन्य तीन जना साथीहरूबीचमा लाइभ स्ट्रमिङ गर्न सकिने छ ।
यस फिचरले इन्स्टाग्रामलाई प्राइभेट प्लेस अर्थात् निजी ठाउँ बनाउन सहयोग गर्ने बताइएको छ । यसअघि पनि पोस्टहरू सीमित फ्रेन्डले हेर्नसक्ने र सीमित साथीहरूबीच मात्र अन्तर्क्रिया गर्न मिल्ने फिचर आएको थियो ।
क्लोज फ्रेन्ड बनाउन निम्न प्रक्रिया अपनाउनुहोस्:
-इन्स्टाग्राम खोलेर आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुहोस् ।
-अब माथिल्लो दायाँ भागमा भएको 'मोर अप्सन'मा क्लिक गरेर सेटिङमा जानुहोस् ।
-अलि तल स्क्रोल गर्दै जानुहोस् । त्यहाँ तपाईंले 'हु क्यान सी यो कन्टेन्ट' सेक्सनमा 'क्लोज फ्रेन्डस्' देख्न सक्नुहुन्छ ।
-त्यहाँ तपाईंले क्लोज भए सोको सूची तथा छैन भने बनाउने विकल्प देख्नुहुन्छ ।