काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एनसेल एपमार्फत हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसै साता प्रकाशित गर्ने परीक्षाफल नतिजा एनसेल एपबाट पनि हेर्न सकिने भएको हो ।
परीक्षाफल प्रकाशित भएपछि एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्ट भन्ने सेक्सनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति प्रविष्ट राख्नुपर्छ । यति गरेपछि नतिजा हेर्न सकिने एनसेलले जनाएको छ । एनसल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
बोर्डले नतिजा प्रकाशित गर्ने तयारी गरेसँगै नतिजा हेर्न उपलब्ध हुने विभिन्न माध्यमको व्यवस्था गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।
गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।