close

च्याटजीपीटीलाई टक्कर दिन आफ्नै एआई टुल ल्याउँदै अमेजन

टेकपाना टेकपाना

असार १६, २०८१ १३:३०

च्याटजीपीटीलाई टक्कर दिन आफ्नै एआई टुल ल्याउँदै अमेजन

काठमाडौं । अमेजनले पनि आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट ल्याउने भएको छ । ईकमर्स साइटबाट उदाएको अमेजनले ओपनएआईको च्याटजीपीटी जस्तै एआई टुल ल्याउन लागेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार संस्था बिजनेस इन्साइडरका अनुसार अहिलेसम्म अमेजनले आफ्नो एआई टुलको नाम राखेको छैन । यद्यपि उक्त टुललाई मेटिस (Metis) नामक नामले चिनिने बताइएको छ ।

ब्राउजरमा आधारित यो एआई टुल च्याटजीपीटी जस्तै कुराकानी गर्न सक्ने क्षमता भएको हुने बताइएको छ । जसमा प्रयोगकर्ताले टेक्स्ट अथवा फोटो राखेर कुराकानी गर्न सक्नेछन् ।

मेटिस अमेजनको एआई मोडेल ओलम्पसद्वारा चल्ने जनाइएको छ । जुन अमेजनले नै सार्वजनिक रूपमा उपलब्ध गराएको टाइटन मोडेलभन्दा बढी शक्तिशाली छ ।

त्यस्तै यो टुल कम्पनीको भोइस असिस्टेन्ट एलेक्सामा उपलब्ध हुने अनुमान गरिएको छ । यदि त्यसो भए चलाउन तुलनात्मक रूपमा बढी शुल्क तिर्नुपर्ने हुन सक्छ । अहिलेका अधिकांश एआई टुलहरूमा काम गर्ने शैली समान पाउन सकिन्छ । यसकारण अमेजनले ल्याउने नयाँ टुललाई उत्साहले हेरिएको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८१ १४:४४