close

फुडमाण्डुको 'मनसुन म्याजिक', ग्राहकलाई ७० प्रतिशतसम्मको छुट

टेकपाना टेकपाना

असार १७, २०८१ १२:५८

फुडमाण्डुको 'मनसुन म्याजिक', ग्राहकलाई ७० प्रतिशतसम्मको छुट

काठमाडौं । नेपालको लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले आफ्ना ग्राहकलाई ७० प्रतिशतसम्मको भारी छुट दिने भएको छ । कम्पनीले ‘मनसुन म्याजिक’ नामक अभियान अन्तर्गत यस्तो छुट सहितको अफर घोषणा गरेको हो ।

यो योजनाअन्तर्गत ग्राहकले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खाना अर्डर गर्न सक्ने त्यसमा ७० प्रतिशतसम्मको भारी छुट पाउन सक्नेछन् । यसका लागि कम्पनीले ‘भोक र झरी डन्ट वरी ... बिकज फुडमान्डुमा अफर असारै भरी !’ भन्ने सन्देश समेत सार्वजनिक गरेको छ ।

यसका साथै सेल्स अफर अन्तर्गत ग्राहकले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफर समेत पाउन सक्ने बताइएको छ । काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टहरूमा यी अफर लागु हुनेछन् ।

फुडमान्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर, इनेशा भट्टराईले आफूहरू उत्कृष्ट खाना र डेलिभरी मार्फत ग्राहकलाई सेवा दिने प्रयासमा निरन्तर लागिरहेको बताइन् । "‘मनसुनम्याजिक’ लेग्राहकहरूलाई थप सहज र सरल सेवा प्रदान गर्नेछ भन्नेमा हामी ढुक्क छौँ,” उनले भनिन् ।

सेल्स अफरका साथै फुडमाण्डुले मनसुन म्याजिक (MONSOONMAGIC) नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउनेछ । जस अन्तर्गत ग्राहकलाई ४० प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । तर उक्त डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउन सक्नेछन् ।

यो क्याम्पेन १४ देखि ३१ असारसम्म मात्र लागु हुुनेछ ।

 

पछिल्लो अध्यावधिक: असार १७, २०८१ १२:५८