close

अब म्याक कम्प्युटरको ट्रयाश फोल्डर फुल हुँदा ‘झिंगा भन्किने’

टेकपाना टेकपाना

असार १८, २०८१ १२:१५

अब म्याक कम्प्युटरको ट्रयाश फोल्डर फुल हुँदा ‘झिंगा भन्किने’

काठमाडौं । कम्प्युटरमा डिलिट गरिएका फाइल निश्चित स्थानमा अस्थायी तवरले रहिहन्छन् । जसलाई विन्डोजमा रिसाइकल बिन र म्याकमा ट्रयाश भनेर चिनिन्छ । 

यी सफ्टवेयरमा कम्प्युटरबाट डिलिट भइसकेका फाइलहरू अस्थायी रूपमा भण्डारण हुन्छन् ।  तर यिनमा पनि कालान्तरमा स्टोरेज फुल हुन सक्छ । सोहीबाट जोगाउन म्याक प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर आएको छ । 

बनानाबिन (Bananabin) नामक सफ्टवेयरले ट्रयाश फोल्डरलाई स्टोरेज फुल हुनबाट जोगाउँछ । यसका लागि रमाइलो प्रकारको एनिमेसनमार्फत प्रयोगकर्तालाई सतर्क गराइन्छ । 

जब ट्रयाश फुल हुने अवस्थामा पुग्छ, तब एप आइकनमा झिँगाहरू भन्किन थाल्छन् । यद्यपि ट्रयाशको सीमा भने प्रयोगकर्ता आफैंले तय गर्न सक्छन् । अहिले यसमा ज्यानिटर मोड (१० एमबी), द रिसाइकलर (१ जीबी) र गार्बेज हडर (१० जीबी) गरी तीन ओटा विकल्प दिइएका छन् ।

स्टोरेज भरिएपछि फोल्डरको आइकनमा भन्किरहेको झिंगा । Source: The Verge

नयाँ सफ्टवेयर भएकाले यसले म्याकओएस सोनोमा मात्रै सपोर्ट गर्छ । अब चाँडै भेन्टुरामा पनि यो सफ्टवेयर आउने बताइएको छ । यो अहिले नि:शुल्क डाउनलोड गर्न सकिन्छ । तर आगामी दिनमा भने केही शुल्क लिने निर्माताले द भर्जलाई बताएको छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार १८, २०८१ १२:२७