close

राष्ट्रिय परिचयय पत्रको फाराम भरे पनि आफ्नो नम्बर थाहा पाउन सक्नु भएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असार २०, २०८१ ९:३६

राष्ट्रिय परिचयय पत्रको फाराम भरे पनि आफ्नो नम्बर थाहा पाउन सक्नु भएन ? यसो गर्नुहोस्

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रलाई हरेक सेवामा अनिवार्य बनाउने योजना ल्याएको छ । तर नागरिकता जस्तो यो पत्र तुरुन्तै पाइँदैन । यद्यपि तपाईंसँग आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर छ भने आवश्यक काम गर्न सक्नुहुन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आवेदन दिएर राष्ट्रिय परिचयपत्र नम्बर नपाएका वा आवेदन फाराम हराएका व्यक्तिका लागि तरिका सुझाएको छ, जुन यस प्रकार छ:

-सिटिजन पोर्टल नामक वेबसाइटमा जानुहोस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

-त्यहाँ तीन ओटा विकल्प देखिनेछन् । तीमध्ये 'निड मोर इन्फर्मेसन ?'मा क्लिक गर्नुहोस् ।

 

-अब नयाँ इन्टरफेस देखिन्छ । त्यहाँ चार ओटा विकल्प देख्न सकिन्छ । तीमध्ये 'परिचयपत्र नम्बर सम्बन्धी जानकारी'मा क्लिक गर्नुहोस । अब तपाईंले आवेदन नम्बर छ भने सोझै त्यो राखेर अन्यथा नागरिकताका आधारमा समेत परिचयपत्र नम्बर थाहा पाउन सक्नुहुन्छ । आवेदन नम्बर परिचयपत्रको आवेदन भर्ने क्रममा बन्ने कागजपत्रमा पाउन सक्नुहुन्छ ।

-यसक्रममा तपाईंले 'आवेदन नम्बरको हकमा' चयन गरी आवेदन नम्बर, आवेदन फाराम र सम्पर्क नम्बर हाल्नुपर्ने हुन्छ । यदि 'आवेदन नम्बर नभएको हकमा' छान्नु भयो भने नागरिकताको फोटो, नागरिकता नम्बर, जारी मिति, जिल्ला, नगरपालिका लगायतका विवरण राख्नुपर्ने हुन्छ ।


-यति गरेपछि तपाईंले टोकन नम्बर पाउनु हुनेछ । जसका आधारमा तपाईंले यो प्रक्रिया के भइरहेको छ भनेर बुझ्नुहुन्छ । यो बुझ्न भने 'तपाईंको अनुरोधको अवस्था थाहा पाउनुहोस्' विकल्पमा क्लिक गर्नुहोस् ।

 

विभागका अनुसार अब राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलमा एसएमएसमार्फत पाउन सकिने छ । यति गर्दा पनि केही समस्या भए विभागका फोन नम्बरहरू ०१-४२०००१४, ०१-४२११५६३, ०१-४२००८९४, १६६००१९६६६६ मा सम्पर्क गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १८:४८