काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले ‘माई डिशहोम’ एप पुनः सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले विभिन्न विभागका प्रमुखहरूको उपस्थितिमा यो एप पुनः सार्वजनिक गरेका हुन् ।
टिभी, इन्टरनेट र अन्य सेवाहरूलाई एकीकृत रूपमा व्यवस्थापन गर्न एप डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एपको नयाँ संस्करणमा परिष्कृत सुविधाहरू समेटिएका छन् ।
यसमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटर/वाई-फाई सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पीपीभी खरीद, प्याकेज बुकिङ/खरिद, खाता प्रणाली सम्पादन लगायतका सुविधा छन् ।
“हामीले ग्राहकलाई थप एकीकृत र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं, जसले उनीहरूलाई डिशहोमका सबै उत्पादन र सेवाहरू सजिलैसँग स्व-व्यवस्थापन गर्न सक्षम बनाउँछ,” सीईओ मानन्धरले भने ।