close

स्नातक तहमा आईटी पढ्न चाहने विद्यार्थीका लागि पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना खुला

टेकपाना टेकपाना

साउन ५, २०८१ ११:५७

स्नातक तहमा आईटी पढ्न चाहने विद्यार्थीका लागि पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना खुला

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातक तह अन्तर्गत सूचना प्रविधि (आईटी) कार्यक्रममा भर्ना खुला गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले हालै एक सूचना जारी गर्दै आङ्गिक तथा सम्बन्धनप्राप्त कलेजहरूका लागि भर्ना खुला गरेको हो ।

यसअन्तर्गत ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई), ब्याचलर अफ टेक्नोलोजी इन बायोटेक्नोलोजी (बीटेक बायोटेक), ब्याचलर अफ साइन्स इन बायोटेक्नोलोजी (बीएससी  बायोटेक्नोलोजी) लगाययतका कार्यक्रम रहेका छन् । 

इच्छुक विद्यार्थीले ३२ असोजसम्म एक हजार पाँच सय रुपैयाँ तिरेर नियमित र दोब्बर दस्तुरबापत तीन हजार रुपैयाँ तिरेर ५ भदौसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

यी शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा ८ भदौमा हुने छ भने परीक्षा केन्द्र पछि प्रकाशन गरिने विश्वविद्यालयले जनाएको छ । 

१२ कक्षाको परीक्षाफल पर्खिरहेका विद्यार्थीहरूले समेत फारम भर्न सक्ने विश्वविद्यालयले जनाएको छ । तर १२ कक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको नामावली प्रवेश परीक्षाको नतिजाबाट स्वतः हटाइने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।

यी शैक्षिक कार्यक्रमहरूमा भर्ना भएका मध्ये १० प्रतिशत (पाँच/पाँच प्रतिशत जेहेन्दार र आरक्षित)लाई छात्रवृत्ति प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयको आङ्गिक तथा सम्बन्धनप्राप्त कलेज यस प्रकार छन्:

यसबारे बुझ्न यहाँ र भर्नाका आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८१ १३:५८