काठमाडौं । मोटोरोलाले विश्वकै सबैभन्दा पातलो र बलियो स्मार्टफोन ल्याउने घोषणा गरेको छ । कम्पनीले हालै एक टिजर सार्वजनिक गर्दै नयाँ स्मार्टफोनको डिजाइन र मिलिटरी ग्रेड (सैन्य-स्तरको) प्रमाणीकरण (MIL-STD-810H) बारे जानकारी दिएको छ ।
भुइँमा झर्दा नफुट्ने, अत्यधिक गर्मी तथा अत्यधिक चिसो, आर्द्रता जस्ता चुनौतीहरूलाई सहन सक्ने गरी यो फोन उपलब्ध हुने बताइएको छ । फोनमा पातलो डिजाइनका साथै शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा र लामो समय टिक्ने ब्याट्री हुने आशा गरिएको छ ।
मोटोरोलाले फोनको सबै विवरण, मूल्य र उपलब्धताबारे केही खुलासा गरेको छैन । तर, हालैका लिकहरूका अनुसार यो फोन सम्भवतः मोटो एज ४० नियोको अपग्रेडेड भर्सन मोटो एज ५० नियो फाइभजी (Moto Edge 50 5G) हुनेछ ।
फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० चिपसेट, १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज, ६.५ इन्च १२० हर्ज पीओएलईडी डिस्प्ले, गोरिल्ला ग्लास थ्री, ५० मेगापिक्सेल मुख्य क्यामेरा, १३ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा, १० मेगापिक्सेल टेलिफोटो क्यामेरा, ३२ मेगापिक्सेल सेल्फी क्यामेरा, ४,३१० एमएएच क्षमताको ब्याट्री लगायतका फिचर हुने चर्चा छ ।
यसको मोटाइ ८.१ एमएम र तौल १७१ ग्राम हुनेछ ।
Motorola teases world's slimmest military grade phone
— Featurverse (@featurverse) July 24, 2024
- 6.5-inch 120 Hz pOLED
- MediaTek Dimensity 7300
- 8.1mm thick and will weigh 171g
- 12/512GB
- 50 MP main, 13 MP ultrawide, 10 MP telephoto, 32 MP selfie
- 4,310 mAh battery
It be protected against accidental drops,… pic.twitter.com/vQXZPOyXv5
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १५:१४
