close

वित्तीय क्षेत्रमा एआईको अधिकतम सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गरिने

टेकपाना टेकपाना

साउन ११, २०८१ १५:२५

वित्तीय क्षेत्रमा एआईको अधिकतम सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गर्ने भएको छ।

शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले आर्टिफिसियल इन्टेलिजेन्सका जाेखिमलाई न्यूनीकरण गर्दै अधिकतम सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गरिने जानकारी दिए ।

“बैंकले इजाजतपत्र/अनुमतिपत्रप्राप्त संस्थाहरूमा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै, वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकतासम्बन्धी आवश्यक अध्ययन गरी, यसबाट सृजना हुन सक्ने जोखिमहरू पहिचान गरेर, ती जोखिमलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकताको अधिकतम सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गरिनेछ,” गभर्नर अधिकारीले भने ।

 

पछिल्लो अध्यावधिक: साउन ११, २०८१ १५:२५