close

राष्ट्रिय परिचयपत्रलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध गरिने

टेकपाना टेकपाना

साउन ११, २०८१ १७:३४

राष्ट्रिय परिचयपत्रलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रलाई सेन्ट्रलाइज्ड केवाईसी (केन्द्रीय ग्राहक पहिचान प्रणाली) मा आबद्ध गर्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबीच सूचना आदान प्रदान गर्ने कामलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रलाई सेन्ट्रलाइज्ड केवाईसीमा आबद्ध गर्ने योजना उल्लेख गरे ।

“बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूबीच ग्राहकको सूचना आदान प्रदान गर्ने कार्यलाई सहज बनाउन र नेपाल सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ,” गभर्नर अधिकारीले भने ।

 

पछिल्लो अध्यावधिक: साउन ११, २०८१ १८:२५