काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)ले कलाकार नाजिर हुसेनलाई आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । ब्राण्ड एम्बास्डर नियुक्त गरेको अवसरमा कम्पनीले इयरपड्स प्रो (MWC Earpods Pro-MT999) र पावर बैंक (Power Bank-MWPB01) गरी दुई उत्पादन सार्वजनिक गरेको छ ।
यी प्रडक्टमा १७ साउनसम्म ५० प्रतिशत छुट अफर रहेको कम्पनीले जनाएको छ ।
यो अवधिभर बजार मूल्य छ हजार ४९९ रुपैयाँ पर्ने ‘इयरपड्स प्रो’ तीन हजार २९९ रुपैयाँमै किन्न सकिनेछ । त्यस्तै १०,००० एमएएच ब्याट्री क्षमताको पावर बैंक दुई हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसको बजार मूल्य तीन हजार ९९९ रुपैयाँ छ । अर्थात् अफर अवधिभर पावर बैंकमा १५०० रुपैयाँ छुट दिइएको छ ।
कस्तो छ इयरपड्स प्रो ?
इयरपड्स प्रो (एमटी ९९९) ब्लुटुथ भर्सन ५.४ मा आधारित इयरबड्स हो । इयरबड्सलाई दुई फरक अडिओ डिभाइसमा कनेक्ट गर्न सकिन्छ ।
यसमा १० एमएमको ड्राइभर राखिएको छ भने -३५ डेसिबलको एएनसी र चार ओटा ईएनसी माइक राखिएको छ । यसमा आरजीबी लाइट पनि समावेश छ । यसको गेम मोडमा १० एमएसको अल्ट्रा लो ल्याटेन्सी रहेको कम्पनीको भनाइ छ । त्यसका लागि टच बटनमा तीन पटक टच गर्नुपर्ने हुन्छ । यसमा ३०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।
कुरा गर्दा इयरबड्सले सात घण्टाको ब्याकअप दिने कम्पनीको दाबी छ । त्यस्तै यसमा छ घण्टाको म्युजिक प्लेब्याकको सुविधा दिइएको छ ।
इयरबड्सलाई १० मिटरको दूरीसम्म प्रयोग गर्न सकिन्छ । यस इयरबड्सले आईपीएक्स सिक्स रेटिङ पाएको जनाएको छ ।
कस्तो छ पावर बैंक ?
कम्पनीले सार्वजनिक गरेको १०००० हजार एमएएच क्षमताको ब्याट्री सहितको पावर बैंक बोक्नका लागि उपयुक्त हुने साइजमा छ । यसलाई टाइप-सी केबलबाटै चार्ज गर्न सकिन्छ । ५ भोल्ट ४.५ एम्पियर, ९ भोल्ट २.५ एम्पियर, १२ भोल्ट १.६७ एम्पियर सपोर्ट गर्ने डिभाइसले यसबाट चार्ज गर्न सकिन्छ । त्यस्तै ५ भोल्ट २.४ एम्पियरको लाइटिनिङ केबुल पनि यसले सपोर्ट गर्ने बताइएको छ ।
यो वायरलेस पावर बैंक पनि हो । वायरलेसबाट यसले १५/१०/७ र ५ वाट आउटपुट सपोर्ट गर्छ । यसमा स्मार्ट चिप पनि राखिएको छ । यसको सुरक्षाका लागि मल्टिपल प्रोटेक्सनको सुविधा दिइएको कम्पनीले जनाएको छ ।
यी दुई बाहेक एमडब्लूसीका अन्य प्रडक्टमा पनि कम्पनीले आकर्षक छुट दिने बताएको छ । एमडब्लूसीका प्रडक्ट खरिद गर्न दराजमा एमडब्लूसीको पेज भिजिट गर्न सक्नुहुन्छ ।