काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ मा स्नातक तहमा भर्ना हुने करिब २५० आईटीका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । बुधबार एक सूचना जारी गर्दै विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त स्कुल तथा कलेजहरूमा भर्ना हुने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएको हो ।
विश्वविद्यालयले आफ्नो छात्रवृत्ति सम्बन्धी नियमावली, २०६५ अनुसार छात्रवृत्ति दिन लागेको हो । यसअन्तर्गत विज्ञान तथा प्रविधि सङ्काय, व्यवस्थापन सङ्काय र मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा विद्यार्थीहरूले छात्रवृत्ति पाउने छन् ।
सूचना अनुसार कम्प्युटर इन्जिनियरिङमा ९८, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा ५, सफ्टवेयर इन्जिनियरिङमा २४, बीईआईटीमा ४८ विद्यार्थीले छात्रवृत्ति पाउँछन् । त्यसैगरी इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा २९, बीसीएमा ६५, बीसीएसआईटीमा ८५ ले पाउँछन् ।
यी विषयमा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले ९ साउनदेखि ३० गतेसम्म अनलाइन आवेदन दिनुपर्ने छ । यसका लागि परीक्षा भने ७ र ८ भदौमा विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्समा हुनेछ । तर, आवेदन विद्यार्थीले ६ देखि १० कक्षासम्म सार्वजनिक विद्यालयबाट अध्ययन गरी एसईई वा एसएलसी अनिवार्य रूपमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
यसबारे विस्तृतमा सूचना हेर्न यहाँ र अनलाइन आवेदन दिन यहाँ र फाराम भर्नेबारे सिक्न यहाँ क्लिक गर्नुहोस् ।