close

आफ्ना एक्स पोस्टलाई एआई तालिम दिनबाट रोक्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन १३, २०८१ ९:५२

आफ्ना एक्स पोस्टलाई एआई तालिम दिनबाट रोक्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

 

काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले प्रयोगकर्ताहरूको सार्वजनिक पोस्ट एआई टुललाई तालिम दिन प्रयोग गर्ने गरेको छ । अब भने यसलाई कम्पनीले वैकल्पिक बनाउने देखिन्छ ।

शुक्रबार एक्सको सेफ्टी अकाउन्टमा यसबारे पोस्ट गरिएको छ । जहाँ यसका लागि प्रयोगकर्ताले सेटिङमा विकल्प भेट्ने उल्लेख छ । अहिले वेब भर्सनमा उपलब्ध भइसकेको यो विकल्प मोबाइल एपमा पनि चाँडै आउने बताइएको छ ।

अहिले एक्सको आफ्नै एआई टुल ग्रोक रहेको छ । जुन प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । अहिले यही टुलको एआई मोडेललाई तालिम दिन सार्वजनिक पोस्ट प्रयोग भइरहेको थियो । एक्सका अनुसार ग्रोकलाई तालिम दिन तथा अझ सुधार गर्न प्रयोगकर्ताका पोस्ट तथा अन्तरक्रिया प्रयोग हुने गरेका छन् । 

अब सोही कुरालाई एक्सले वैकल्पिक बनाउने छ । यद्यपि सार्वजनिक रूपमा मोबाइल एपमा यो विकल्प कहिले उपलब्ध हुन्छ भन्ने कुरा भने एक्सले खुलाएको छैन । एक्सका अनुसार आफ्नो पोस्ट एआई मोडेलको तालिममा प्रयोग हुन नदिन निम्न तरिका अपनाउनु पर्छ: 

-बायाँ भागमा भएको 'मोर'मा क्लिक गरेर 'सेटिङ्स एन्ड प्राइभेसी'मा जाने 

-'प्राइभेसी एन्ड सेफ्टी'मा  जाने

-अलि तल स्क्रोल गर्दै जाँदा 'ग्रोक' देखिन्छ । त्यसमा क्लिक गर्दा ‘डेटा शेयरिङ’को विकल्प देखिन्छ । त्यसमा भएको ‘टिक मार्क’ हटाउने

 

त्यस्तै प्रिमियम प्रयोगकर्ताले भने ग्रोकमा गरिएका कुराकानी पनि डिलिट गर्न सक्छन् । 

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ ९:५२