काठमाडौं । ब्रोडवे इन्फोसिस आजदेखि १८औं वर्षमा प्रवेश गरेको छ । सन् २००८ मा स्थापना भएको यो कम्पनी व्यावसायिक आईटी तालिम प्रदायकका रूपमा परिचित छ ।
शिक्षण संस्था र उद्योगबीचको अन्तरलाई घटाउने उद्देश्यका साथ कम्पनीले आईटीसम्बन्धी विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ ।
१७औं वार्षिकोत्सवका अवसरमा कम्पनीले विशेष छुट प्रस्ताव गरेको छ । यसअन्तर्गत कम्पनीले दुई दिनका लागि (जुलाई २८ र २९ मा) हरेक कोर्समा २८ प्रतिशत छुट प्रदान गर्दैछ ।
ब्रोडवेमा वेब डिजाइनिङ, ग्राफिक डिजाइनिङ, यूआई/यूएक्स डिजाइन, पाइथन, जाभा, डिजिटल मार्केटिङ, फ्लटर, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मल्टिमिडिया लगायतका विविध आईटीसँग सम्बन्धित कोर्षहरू पढ्न सकिन्छ ।