close

छात्रवृत्तिसहित पाकिस्तानमा बीएससी इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि आवेदन खुला

टेकपाना टेकपाना

साउन १३, २०८१ १४:५

छात्रवृत्तिसहित पाकिस्तानमा बीएससी इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि आवेदन खुला

काठमाडौं । छात्रवृत्तिसहित पाकिस्तानमा ब्याचलर अफ साइन्स (बीएससी) इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि आवेदन खुलेको छ । एक सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाकिस्तानमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको हो ।

सूचना अनुसार नेपाल सरकारलाई शैक्षिक सत्र २०२४/२०२५ का लागि पाकिस्तान सरकारबाट ‘पाकिस्तान टेक्निकल एसिस्टेन्ट प्रोग्राम (पीटीएपी) अन्तर्गत बीएससी इन्जिनियरिङ विषयमा १० सिट प्राप्त भएको छ । सोही सिटका लागि आवेदन दिन मन्त्रालयले सूचना निकालेको हो ।

यसमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकबाट २०८० सालमा लिइएको प्रवेश परीक्षाको मेरिट सूचीमा रहेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । इच्छुक विद्यार्थीले १३ साउनदेखि २० गतेसम्म मन्त्रालयको छात्रवृत्ति शाखामा आवेदन दिनुपर्ने हुन्छ ।

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ १४:५