काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी सफ्टवेयर तथा टेक्नोलोजी कमिटीको साइबर सुरक्षा सल्लाहकारको रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) का महासचिव चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अधिकारीलाई सल्लाहकारको रूपमा चयन गरेका हुन् । अधिकारी क्यान महासङ्घका महासचिवका साथै सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनका पूर्वअध्यक्ष तथा इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । उनी साइबर सुरक्षा विषयका अध्यापक समेत हुन् ।
अध्यक्ष अग्रवालले साइबर सुरक्षाका क्षेत्रमा आवश्यक सहयोग र सुझाव प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । चेम्बर अफ कमर्सका आईटी सफ्टवेयर तथा टेक्नोलोजी समितिका अध्यक्ष विज्ञान श्रेष्ठ हुन् ।