कोसेली एक्सप्रेसबाट नेपालको कुनै पनि ठाउँमा उपहार पठाउँदा खल्ती वालेटबाट भुक्तानी गरेको खण्डमा प्रत्येक पटक ५०० क्याशब्याक पाइने भएको छ । सजिलो र भरपर्दो तरिकाबाट नेपालभर उपहार पठाउन उपयोगी अनलाइन माध्यम कोसेली एक्सप्रेसले हालै खल्ती वालेटसँग क्याशब्याक सम्बन्धी सम्झौता गरेको हो । यो अफर आज अर्थात् १४ साउनदेखि ६ भदौसम्म लागु हुनेछ ।
क्याशब्याक प्राप्त गर्न न्यूनतम २५०० रुपैयाँ बराबरको गिफ्ट पठाई खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । खल्ती नेपालमा डिजिटल भुक्तानीमा विश्वसनीय नाम हो, जुन प्रयोगकर्ताहरूलाई सुरक्षित र सहज लेनदेन गर्नका लागि एक भरपर्दो माध्यमको रूपमा परिचित छ ।
अब कोसेली एक्सप्रेसका ग्राहकले नेपालभर अनलाइनबाट केक, चकलेट लगायतका उपहार पठाउदा खल्ती वालेटबाट पनि भुक्तानी गर्न सक्ने छन् ।
कोसेली एक्सप्रेसका डिजिटल मार्केटिङ प्रमुख उमर अन्सारीले खल्तीसँगको यस सहकार्यसँगै ग्राहकहरूले विदेश तथा नेपालभित्रबाट देशभर गिफ्ट पठाउदा भरपुर फाइदा लिने विश्वास व्यक्त गरे । कोसेली एक्सप्रेस बाट केक, चकलेट, फलफूल लगायत विभिन्न उपहार पठाउदा भुक्तानीमा धेरै नै सहज हुनुका साथै क्याशब्याकले ग्राहकमा उत्साह समेत ल्याउने उनको भनाई छ ।