काठमाडौं । अब इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा गीत राख्न पाउने भएका छन् । हालैको एक अपडेटमार्फत इन्स्टाग्रामले प्रयोगकर्तालाई ३० सेकेन्डसम्मको गीत राख्न मिल्ने फिचर उपलब्ध गराएको हो ।
यसअघि इन्स्टाग्राम पोस्टमा मात्र गीत राख्न पाइन्थ्यो । अब प्रोफाइल बायोमै गीत राख्न सकिने छ । तर अन्य पोस्टमा जस्तै प्रोफाइलमा राखिएको गीत अटोप्ले हुने छैन । अन्य प्रयोगकर्ताले उक्त गीतमा ट्याप गरेपछि मात्र सुन्न सक्नेछन् ।
आफ्नो प्रोफाइलमा गीत थप्न तलको प्रक्रिया अपनाउनुहोस्:
-आफ्नो प्रोफाइलमा गएर ‘एडिट प्रोफाइल’मा जानुहोस् ।
-त्यहाँ अलि तल 'म्युजिक' भन्ने विकल्प देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
-अब आफूलाई मन पर्ने गीत सर्च गर्नुहोस् ।
-गीत छानिसकेपछि दायाँ भागमा भएको टिकमा ट्याप गर्नुहोस् ।
यसरी तपाईंले आफ्नो प्रोफाइलमा गीत राख्न सक्नुहुन्छ । त्यसैगरी प्रोफाइलमा राखेको गीत हटाउन उही प्रक्रिया अपनाउनुहोस् ।