close

गुगल प्ले स्टोरबाट यसरी सजिलै शेयर गर्नुहोस् कुनैपनि एप, हुने छैन सर्च गरी राख्ने झन्झट

टेकपाना टेकपाना

भदौ १०, २०८१ १२:८

गुगल प्ले स्टोरबाट यसरी सजिलै शेयर गर्नुहोस् कुनैपनि एप, हुने छैन सर्च गरी राख्ने झन्झट

काठमाडौं । एन्ड्रोइड फोनमा कुनै नयाँ एप प्रयोग गर्नका लागि गुगल प्ले स्टोर प्रयोग हुने गर्छ । सामान्यतः स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनको लागि आवश्यक एप डाउनलोड गर्न प्ले स्टोर मै गएर खोज्ने गर्छन् । एप सर्च गरेपछि मात्रै त्यसलाई डाउनलोड गर्न तिर लागिन्छ । कहिले काहिं खोजेको एप भेट्न मुस्किल पर्छ । 

यस्तोमा तपाईं प्ले स्टोरमा गएर सर्च नगरेरै पनि एप डाउनलोड गर्न सक्नु हुन्छ । तर यसका लागि तपाईंले आफ्नो साथी वा अन्य व्यक्तिको गुगल प्ले स्टोर प्रयोग गर्नु पर्ने हुन्छ । 

यो सुविधा तपाईंका लागि त्यति खेर उपयोगी हुन्छ, जब तपाईंलाई उपयोगी एप तपाईंको साथीको फोनमा हुन्छ । यहाँ हामी तपाईंलाई गुगल प्ले स्टोरबाट एप शेयर गर्ने तरिका बारे बताउँदै छौं । 

- सबैभन्दा पहिला तपाईं आफ्नो र साथीको मोबाइलमा गुगल प्ले स्टोर खोल्नुहोस् ।

- अब दुवै फोनमा माथि दायाँ कुनामा रहेको प्रोफाइल आइकनमा थिच्नुहोस् र म्यानेज एप्स एन्ड डिभाइस लेखिएको स्थानमा दबाउनुहोस् । 

- अब तपाईंको साथीको मोबाइलमा सेन्ड बटन र तपाईंको मोबाइलमा सिसिभ बटन थिच्नु होस् । 

- पठाउने व्यक्तिको मोबाइलको एप लिस्टमा चाहेको एप छनौट गरेर माथि दायाँ कुनामा रहेको निलो रङ्गको एरो बटन दबाउनु होस् । 

- यति गरेपछि पठाउने व्यक्तिको फोनमा प्राप्त गर्ने व्यक्तिको फोनको नाम देखिनेछ । त्यसमा ट्याप गर्नुहोस् । 

अनि प्राप्त गर्ने व्यक्तिको फोनमा पियरिङ कोड प्राप्त हुनेछ । जब तपाईं उक्त कोड एसेप्ट गर्नु हुन्छ, तपाईंको फोनमा उक्त एप तुरुन्तै डाउनलोड हुन्छ । अब त्यसलाई इन्स्टल गर्न सक्नु हुन्छ । यसरी तपाईंले एकसाथ धेरै एप आदानप्रदान गर्नुका साथै एकै पल्ट इन्स्टल गर्न पनि सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १०, २०८१ १२:९