close

पसलमा नगदको सट्टा क्यूआरबाटै बोहनी लिँदा ईभी स्कुटर जित्ने मौका

टेकपाना टेकपाना

भदौ १६, २०८१ ११:५३

पसलमा नगदको सट्टा क्यूआरबाटै बोहनी लिँदा ईभी स्कुटर जित्ने मौका

 

काठमाडौं । फोनपेले व्यवसायीहरूलाई बिहानको पहिलो भुक्तानी अर्थात् ‘बोहनी’ क्यूआरमार्फत स्वीकार्न प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ अभियान ल्याएको छ । फोनपे क्यूआर मार्फत बोहनी लिँदा व्यवसायीहरूले स-साना नगद भुक्तानीको झन्झटबाट मुक्त हुने र उधारो दिने अवस्थालाई टार्न सक्ने कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लगइन गरी सहभागिता स्वीकार गर्नुपर्नेछ । अभियान अवधिमा फोनपे क्यूआरबाट भुक्तानी लिने व्यवसायीहरूमध्ये एक जना भाग्यशालीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि पाउनेछन् ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले व्यवसायीहरूको दैनिक कार्यमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नु यो अभियान ल्याएको बताए । ​उनका अनुसार १४ लाखभन्दा बढी व्यवसायहरूमा फोनपे क्यूआर स्ट्यान्डीहरू उपलब्ध भइसकेको छ ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८१ ११:५३