close

नेपालमा प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सार्वजनिक

टेकपाना टेकपाना

भदौ १९, २०८१ १८:१७

नेपालमा प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सार्वजनिक

काठमाडौं । प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ नेपाली बजारमा सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नयाँ ब्रान्डको ईभी सार्वजनिक गरेको हो । 

जिकर चीनको जिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो । कम्पनीले हालै सम्पन्न नाडा अटो शो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागशिप भेरियन्ट प्रदर्शनीमा राखेको थियो । वितरक कम्पनीका अनुसार जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रुचि राख्ने उपभोक्ताको अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो । 

यो प्रिमियम एसयूभीमा ‘भोल्भो ईएक्सथर्टी’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ । जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने जनाइएको छ । जिकर एक्सबारे थप जान्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८१ १८:१७