काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिक उत्सव अभियान ल्याएको छ । यस अभियान अन्तर्गत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र एक करोड बराबरको भाउचर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
भोलि सोमवारदेखि तीन दिनसम्म चल्ने यस अभियानमा न्यूनतम ४९९ रुपैयाँ बराबरका उत्पादन खरिद गर्दा छानिएका बिक्रेताबाट उपभोक्ताले निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी भाउचरहरू सङ्कलन गर्नुपर्ने छ ।
यस अतिरिक्त उपभोक्ताले सेटाफिल, बोट, एक्स-एज, पिलग्रिम जस्ता साझेदार ब्रान्डहरूबाट ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
दराज एपमा दैनिक अपडेट हुने फ्ल्याश सेल मार्फत विभिन्न उत्पादनहरूमा थप बचतको अवसर उपलब्ध हुनेछ । उपभोक्ता र बिक्रेताहरूलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले यो वार्षिक सेल आयोजना गरेको कम्पनीले जनाएको छ ।