काठमाडौं । अनर नेपालले दशैंको अवसरमा ‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस् !’ नामको अभियान सुरु गरेको छ । यसअन्तर्गत कुनै पनि अनर स्मार्टफोन खरिद गर्दा थाइल्याण्ड भ्रमण र अन्य पुरस्कार जित्ने मौका प्राप्त गर्न सकिनेछ ।
आगामी २२ कात्तिकसम्म लागू हुने यो अफर नेपालभरका अनर एक्सक्लुसिभ शप र आधिकारिक बिक्रेताहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
हरेक अनर स्मार्टफोन खरिदले ग्राहकहरूलाई थाइल्यान्ड भ्रमण, एप्रिला एसआर १२५ स्कुटर र अनर म्याजिक भी२ जस्ता आकर्षक ग्रान्ड पुरस्कारहरू जित्ने अवसर दिनेछ । त्यस्तै, साप्ताहिक पुरस्कारहरूमा मर्शल स्पिकर र अनर २०० स्मार्टफोन र दैनिक पुरस्कारमा अनर च्वाइस इयरबड्स एक्स फाइभ र SCYKEI GT Watch पाउन सकिनेछ ।
यस अभियानमा सहभागी हुन ग्राहकले खल्ती एपमार्फत दामी क्यूआर स्क्यान गरी पुरस्कार पत्ता लगाउन सक्नेछन् ।