close

सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको ‘स्काई ब्लु’ भेरियन्ट नेपालमा, बड्स४ मा ६० प्रतिशत छुटको अफर

टेकपाना टेकपाना

बैशाख १०, २०८३ २२:१

सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको ‘स्काई ब्लु’ भेरियन्ट नेपालमा, बड्स४ मा ६० प्रतिशत छुटको अफर

 

काठमाडौँ । सामसङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२६ अल्ट्राको नयाँ ‘स्काई ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ । ग्राहकको बदलिँदो रुचि र आधुनिक शैलीलाई मध्यनजर गर्दै अर्को कलर भेरियन्टको मोडेल ल्याएको कम्पनीले जनाएको बजारमा ल्याएको हो ।

आगामी ३० अप्रिलसम्म यो फोन खरिद गर्ने ग्राहकले ग्यालेक्सी बड्स४ को खरिदमा ६० प्रतिशतको छुट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

फोनको खरिदलाई सहज बनाउन २४ महिनासम्मको ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ । जसअन्तर्गत ग्राहकले प्रति महिना ६,४५२ रुपैयाँबाट सुरु हुने किस्ताबन्दीमा यो स्मार्टफोन खरिद गर्न सक्नेछन् ।

हुलास फिनसर्भ प्रालिमार्फत सञ्चालित ‘इन्स्टा फाइनान्स’ मार्फत ग्राहकले देशभरका आधिकारिक सामसङ स्टोरबाट यो सुविधा लिनसक्ने छन् । 

१ टेराबाइट स्टोरेज भेरियन्ट छनोट गर्ने ग्राहकले १६ जीबी र्‍याम प्राप्त गर्नेछन् । क्यामेराको कुरा गर्दा यसमा एफ‍/१.४ एपर्चरसहितको २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको ५ गुणा अप्टिकल जुम दिने पेरिस्कोप टेलिफोटो र ५० मेगापिक्सेलकै अल्ट्रावाइड क्यामेरा छ ।

सेल्फीका लागि १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा सेटअप छ । ५००० एमएएचको ब्याट्री रहेको फोनले ६० वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ २२:१