काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकका लागि संविधान दिवस अफर ल्याएको छ । २ देखि ४ असोजसम्म लागू हुने यस अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डेटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने १३ जीबी डेटा पाउन सकिनेछ । त्यस्तै २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डेटा ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म प्याक चलाउने सुविधा छ ।
समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*६# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेज खरिद गर्न सकिनेछ ।