आईफोन आयातमा नियामक घुस्याहा बनेको आरोप सम्बन्धी समाचारमा दूरसञ्चार प्राधिकरणको खण्डन
असोज ३, २०८१ १६:९
काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आईफोन आयातलाई जोडेर आईटी उद्यमी रुद्र पाण्डेले लगाएको आरोपको खण्डन गरेको छ । बुधबार टेकपाना मिडिया प्रालिको नाममा पत्र लेख्दै नियामकले सो सम्बन्धी समाचारको खण्डन गरेको हो ।
"२०८१-०५-०२४ गते प्रकाशित 'आईफोन आयात गर्न नपाएको झोंकमा आईटी उद्यमी रुद्र पाण्डेले नियामक माथि लगाए घुस्याहाको आरोप' समाचारप्रति यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ," खण्डनमा भनिएको छ ।
उक्त समाचारमा उल्लिखित ब्यहोराहरू कपोलकल्पित, भ्रामक र तथ्यहीन भएको दाबी समेत प्राधिकरणले गरेको छ । प्राधिकरणले नेपालमा एक कम्पनीलाई मात्र आईफोन आयातको इजाजत दिएर र सो कम्पनीबाट घुस खाएको आरोप केही साता अघि पाण्डेले सामाजिक सञ्जालमार्फत लगाएका थिए ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १८:३३
