close

नेपालमा पनि आज ‘सफ्टवेयर फ्रिडम डे’ मनाइँदै

टेकपाना टेकपाना

असोज ५, २०८१ १३:४४

नेपालमा पनि आज ‘सफ्टवेयर फ्रिडम डे’ मनाइँदै

काठमाडौं । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी ‘सफ्टवेयर फ्रिडम डे’ (एसएफडी) मनाइँदै छ । ओपन सोर्स सफ्टवेयरको महत्त्वलाई उजागर तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बरको तेस्रो शनिवार यो दिवस मनाइन्छ ।

यसै सन्दर्भमा नेपाल ओपन सोर्स क्लबको आयोजनामा नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा एक कार्यक्रम गरी 'सफ्टवेयर फ्रिडम डे' मनाइँदै छ । उक्त क्लबले विगत २० वर्षदेखि यो दिवसलाई लक्षित गरी विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

आजको कार्यक्रममा विभिन्न ओपन सोर्स सम्बन्धी परियोजना प्रदर्शनी तथा अन्तर्क्रिया, साइबर सुरक्षा सम्बन्धी क्याप्चर दी फ्ल्याग र कोडिङ सम्बन्धी नोसकोड ५.० लगायतका गेम आयोजना हुनेछ ।

कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८१ १३:५४