काठमाडौं । डिजिटल वालेट माईपेले वडा दशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेलाः चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न कम्पनीले यस पटक चाडपर्वलाई लक्षित विभिन्न आकर्षक उपहारहरू ल्याएको हो ।
१ असोजदेखि ३० मङ्सिरसम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरूले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरू जित्न सक्नेछन् । माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा प्रयोगकर्ताले स्कुटर जित्न सक्ने बताइएको छ ।
त्यस्तै मेगा पुरस्कारमा दुई जना विजेताले आईफोन १६ र दुई जनाले हिराको औँठी प्राप्त गर्नेछन् । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता इयरबड, स्मार्ट वाच, एनालग वाच, चाँदीको औँठी र १० हजार बराबरको ब्युटी प्रोडक्ट र थुप्रै गिफ्ट तथा डिस्काउन्ट भौचर पाउन सक्ने उल्लेख छ ।
कम्पनीका अनुसार यस माईपे मेला अवधिभर प्रयोगकर्तालाई ७५ लाख बराबरको डिस्काउन्ट तथा क्याशब्याक भौचर प्रदान गरिनुका साथै हरेक हप्ता १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १०० प्रतिशत नै फिर्ता समेत दिइने छ ।