close

नोकिया लेखिएका नक्कली र अनधिकृत मोबाइल नेपाली बजारमा, सतर्क रहन अनुरोध

टेकपाना टेकपाना

असोज ९, २०८१ १०:४

नोकिया लेखिएका नक्कली र अनधिकृत मोबाइल नेपाली बजारमा, सतर्क रहन अनुरोध

काठमाडौं । नेपाली बजारमा नोकिया ब्रान्डका नाममा नक्कली र अनधिकृत मोबाइल बिक्री भइरहेको भन्दै टेलिटक प्रालिले उपभोक्तालाई सतर्क रहन अनुरोध गरेको छ । नेपालस्थित नोकियाको आधिकारिक बिक्रेता रहेको टेलिटकले ​यस्ता गतिविधिबाट सतर्क रहन अनुरोध गरेको हो ।

टेलिटकले अधिकृत बिक्रेतामार्फत बिल बीजकसहित खरिद बिक्री गर्न/गराउन पनि आग्रह गरेको छ । त्यस्तै नक्कली मोबाइल खरिद-बिक्री भएको थाहा भए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ । ​

टेलिटकले यस्ता फोन नेपाल दूरसञ्चार प्राधिकरणको नियम अनुसार दर्ता नगरी बजारमा बिक्री हुने गरेको जनाएको छ । अनधिकृत फोनहरू खरिद गर्दा उपभोक्ताले विभिन्न समस्या भोग्नुपर्ने अवस्था रहन्छ । विशेषगरी यस्ता फोनमा आवश्यक प्रविधि तथा सुरक्षा मापदण्डको कमी हुने भएकाले सेवा नपाउने, नेटवर्क अवरोध, डेटा चोरी लगायतका समस्या हुनसक्ने बताइन्छ । 

यसकारण उपभोक्ताले मोबाइल फोन खरिद गर्दा आईएमईआई नम्बर जाँच गरी प्राधिकरणमा दर्ता भएको सुनिश्चित गर्नुपर्ने टेलिटकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८१ १०:२०