close

डाउनपेमेन्ट बिनै हाम्रोबजारका सामान किस्ताबन्दीमा किन्न सकिने, ६ महिनासम्म ब्याज नलाग्ने

टेकपाना टेकपाना

असोज १०, २०८१ १३:३२

डाउनपेमेन्ट बिनै हाम्रोबजारका सामान किस्ताबन्दीमा किन्न सकिने, ६ महिनासम्म ब्याज नलाग्ने

काठमाडौं । अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा ‘बाई नाउ, पे लेटर’ (बीएनपीएल) फिचर सार्वजनिक गरेको छ, जसलाई ‘हाम्रो बीएनपीएल’ नाम दिइएको छ ।

यस फिचरको माध्यमबाट कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपबाट सजिलै किस्ताबन्दीमा सामान किन्न सक्ने जनाइएको छ ।

यस किस्ताबन्दी योजनामा ६ महिनासम्म ब्याज नलाग्ने विशेष सुविधा उपलब्ध छ भने ९ देखि १२ महिनासम्मको स्ट्यान्डर्ड ईएमआई योजनामा कुनै डाउनपेमेन्ट तिर्नु पर्दैन । ‘हाम्रो बीएनपीएल’ फिचरमा २५० भन्दा बढी प्रडक्टहरु उपलब्ध छन्, जुन प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपबाटै क्यूआर कोड स्क्यान गरी किस्ताबन्दीमा किन्न सक्छन् ।

फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने, "यो केवल भुक्तानीको माध्यम होइन, नेपाली ईकमर्सको लागि गेमचेन्जर फिचर हो । यसले उपभोक्ताहरुलाई वित्तीय रुपमा लचिलोपन प्रदान गर्दै बिना तनाव सामान खरिद गर्ने वातावरण सिर्जना गर्छ ।"

फोनलोन नेपालको डिजिटल कर्जा प्रदायक प्लेटफर्म हो, जसले योग्य प्रयोगकर्ताहरुलाई तत्काल र धितोविनै ऋण उपलब्ध गराउँछ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८१ १३:३५